काठमाडौँ । त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त सौर्य एयरलाइन्समा सवार अधिकांश यात्रु हताहत भएका छन् । विमानमा एयरलाइन्सका कर्मचारीहरू सवार रहेका प्रहरीले जनाएको छ।
घटनास्थलबाट उद्धार टोलीले मृतक यात्रुहरूको शव निकालिरहेको छ । यसअघि दुई जनाको शव भेटिए पनि अहिलेसम्म थप कति संख्यामा शव भेटियो भन्ने आधिकारिक जानकारी आउन बाँकी छ ।
दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सका पाइलट मनिष शाक्यको भने जीवितै उद्धार गरिएको छ । उनलाई उपचारका लागि केएमसी अस्पताल लगिएको जनाइएको छ ।
त्रिभुवन विमानस्थल स्रोतका अनुसार काठमाडौंबाट पोखराका लागि उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटनाग्रस्त भएको हो । उक्त जहाजमा चालक दलका सदस्यसहित १९ जना सवार रहेको बताइएको छ ।
सवार अधिकांश इन्जिनियर र प्राविधिकहरू रहेको बताइएको छ । ९ एन–एएमई सिआरजे २०० विमान उडेलगत्तै भुईँमा खसेसँगै आगो लागेको थियो ।
