काठमाडौं । यही पुस १५, १६, १७ र १८ गते काठमाडौंको टुडिखेलमा साँस्कृतिक एव्म पर्यटन प्रवद्र्धनको लागि बृहत साँस्कृतिक प्रदर्शन हुने भएको छ ।

मंगलबार रिपोर्टर्स क्बल नेपालमा नेपाल–भारत यूवा मैत्री संघले पत्रकार सम्मेलन गरेर इण्डो–नेपाल फ्रेन्ड्पसि इभेन्ट्स नाम दिएर चार दिनसम्म कला प्रर्दशनी गरिने जनाएको हो ।
उक्त इभेन्टसमा बलिउडका चर्चित गायिका शिवानी कश्यप, हाँस्यकलाकार इशान कुरेशी एंव चर्चित डान्सर शेफाली जरिवाला तथा कलिउड अभिनेत्री प्रियंका कार्की, हाँस्यकलाकार जितु नेपाल लगायत नेपाल र भारतका गरी १२२ जना कलाकारहरुले प्रस्तुति दिने आयोजक कमिटिका संयोजक अमित चन्द्रकारले जानकारी दिनुभयो ।
Facebook Comments Box