वीरगन्ज। भारतको रक्सौल र रामगढवाको बिच बाटोमा नेपाली चालकमाथि लुटेरा समुहले गोली हानेको छ । भारतको बरैनीबाट तेल बोकेर पोखरा जान लागेको ना ५ ख ८८४५ नम्बरको ट्याङ्करका चालक उताराम उपाध्यायमाथि लुटेराको समूहले गोली हानेको हो ।

बाराको अमलेखगञ्ज घर भएका चालक उपाध्यायलाई रक्सौल र रामगढवाको बिचमा आइपुग्दा मोटरसाइकलमा आएका दुई जनाले आफूलाई लुटेर गोली हानेको चालक उपाध्यायले बताउनुभयो ।
लुटेराहरुले उपाध्यायसँग रहेको चार हजार पाँच सय भारु लुटेर लगेका छन् । लुटेराले नलकटुवा बन्दुकको कुन्जाले चालक उपाध्यायलाई हानेपछि उनले प्रतिकार गर्दा गोली हानेको उपाध्यायको भनाई छ । चालक उपाध्यायको दाँया पाखुरामा गोलीको छर्रा लागेको छ ।
Facebook Comments Box