झापा । गएराति झापाको मेचीनगर नगरपालिका वडा नं.१२ स्थित देउनिया पुलमा भएको मोटरसाइकल दुर्घटनामा झापा बुद्धशान्तिका एक पुरुषको मृत्यु भएको छ ।
मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुने मोटरसाइकल चालक बुद्धशान्ति गाउँपालिका २ बस्ने ४० वर्षीय ज्ञानेन्द्रराज कार्की रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
राति ८.३५ बजेको समयमा मेचीनगर नगरपालिका वडा नं.१२ देउनिया पुलस्थित लोकमार्गमा बिर्तामोडबाट चारआलीतर्फ जाँदै गरेको मे११प १६०९ नं. को मोटरसाईकल अनियन्त्रित भइ दुर्घटना हुँदा चालक कार्कीको मृत्यु भएको हो ।
गम्भीर घाइते भइ कार्कीलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड लाने क्रममा बाटोमा नै मृत्यु भएको हो ।
Facebook Comments Box
