काठमाडौँ । मेडिकल व्यवासायी दुर्गा प्रसाईंका निजी सुरक्षागार्डलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।
मंगलबार न्यायाधीश नहकुल सुवेदी र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले हतियारसहित पक्राउ परेका प्रसाईंका दुई जना निजी सुरक्षा गार्डलाई रिहा गर्न आदेश दिएको हो।
प्रसाईंको सुरक्षामा खटिएका दीपक खड्का र रामकुमार धिताललाई प्रहरीले चैत ५ गते सर्वोच्च अदालतमा हतियारसहित प्रवेश गर्न खोज्दा पक्राउ गरेको थियो।
उनीहरु दुई जनाको तर्फबाट सर्वोच्चमा परेको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै न्यायाधीशद्वय सुवेदी र पोखरेलको इजलासले खड्का र धिताललाई थुनामा राख्नु गैरकानुनी हुने ठहर गरेको हो।
Facebook Comments Box
