झापा । झापाको गौरीगञ्ज गाउँपालिका- १ बिर्खेबस्तिमा आगोले जलेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ५५ बर्षीय नीलकन्ठ घिमिरे रहेका छन् । बुधबार बिहान तरकारी खेतीमा माथिबाट छोपेको परालमा अचानक आगलागी हुँदा घिमिरेको आगोले जलेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मृतकको शवलाई सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरी पोष्टमार्टमका लागि दमक अस्पताल दमक पठाइएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box
