झापा । झापाको मेचीनगर–१५ ज्यामिरगढीस्थित भगवती लेमिनेट्स प्लाइउड उद्योगमा लागेको आगो २४ घण्टा बित्दा पनि नियन्त्रणमा आउन सकेको छैन ।
आगो निभाउन सोमबार दिनभर झापा, मोरङ, इलाम र भारतका गरी १० वटा दमकल प्रयोग भएका थिए भने नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालित थिए ।
अझै १० प्रतिशत आगो निभाउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक महेन्द्र पराजुलीले जानकारी दिए ।
लगातार आगो निभाउने प्रयास भइरहेको उनले बताए ।
जिल्लाकै ठूलो प्लाइउड उद्योगमा सोमबार बिहान अचानक आगो लागेपछि सुरक्षाकर्मी, स्थानीय र दमकलले आगो नियन्त्रण प्रयास गरेको २४ घण्टा बितिसक्दा पनि नियन्त्रण हुन नसकेको हो ।
आगो निभाउन असम्भव भएपछि भारत नक्सलबारी ग्राम पञ्चायतसँगको सहकार्यमा एउटा दमकल बोलाइएको थियो । आगलागीबाट करोडौं क्षति भएको अनुमान गरिएको छ ।
Facebook Comments Box
