काठमाडौं । नव नियुक्त अर्थमन्त्री वर्षमान पुनले अर्थमन्त्रीको कार्यभार सम्हालेका छन् । सिंहदरवारस्थित अर्थ मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका अर्थमन्त्री पुनले शेयर बजारको समस्या समधान गरेर अगाडि बढेको जनाएका छन् ।
अर्थमन्त्री वर्षमान पुनले शेयर बजारमा ६० लाख भन्दा बढि जनताको लगानी रहेको स्मरण गर्दै शेयरबजारको अन्योलता चिरेर अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन् ।
मन्त्री पुनले शेयर बजारमा ६० लाख जनताको लगानी रहेको उल्लेख गर्दै सरकारले शेयर बजारमा चलखेल हुन नदिने बताउँदै शेयर बजारमा तलमाथि गर्ने जस्तो प्रवृत्तिहरु हुन नदिने बताए।
अर्थमन्त्रीको पदभार ग्रहण गर्दै देशमा उत्पन्न आर्थिक संकट समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । पदभार ग्रहण गर्दै नव नियुक्त अर्थमन्त्र पुनले आर्थिक क्षेत्रको सुधारको लागि काम गर्ने बताएका छन् ।
अर्थमन्त्री पुनले तीन खम्बे अर्थनीतिमा मुलुकलाई अघि बनाउने र सहकारीहरुमा उत्पन्न समस्या हल गर्ने बताएका थिए।
