ढाका । बंगलादेशको राजधानी ढाकास्थित एउटा बहुतले भवनमा आगलागी हुँदा कम्तीमा ४३ जनाको मृत्यु भएको छ ।
आगलागीमा परेका उनीहरूलाई उपचारका लागि अस्पतालहरुमा पठाइएकोमा अस्पतालहरूले उनीहरुलाई मृत घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
सहरको मुख्य बर्न अस्पतालमा कम्तीमा पनि १० जनाको मृत्यु भएको छ भने ढाका मेडिकल कलेज अस्पतालमा महिला र बालबालिकासहित कम्तीमा ३३ जनाको मृत्यु भएको जनाइएको छ ।
दर्जनौं व्यक्तिहरुको अहिले विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । बिहीबार स्थानीय समय अनुसार करिब १० बजे एक रेस्टुरेन्टमा आगलागी भएको थियो ।
आगलागीमा परेको भवनमा अन्य धेरै रेस्टुरेन्ट, कपडा र मोबाइल पसलहरू पनि रहेका थिए ।
Facebook Comments Box
