विर्तामोड । नेपाल बैंक लिमिटेड बिर्तामोड शाखाका प्रबन्धक उमेशचन्द्र घिमिरेको लडेर मृत्यु भएको छ ।
गएराति बाथरुममा चिप्लिएर उनी लडेका थिए । बाथरुममा लडेर अचेत हुनुभएका उनलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित पूर्ण टुङ बिर्तासिटी हस्पिटल पुर्याइएको थियो ।
अस्पताल पुर्याएलगत्तै मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक केशवकुमार थेवेले जानकारी दिए ।
एकचालिस वर्षीय घिमिरे डेढ वर्षयता बिर्तामोडस्थित नेपाल बैंकको शाखा कार्यालयमा प्रबन्धकको काम गर्दै आएका थिए ।
काठमाडौँ स्थायी घर भएका उनी बनेपाबाट सरुवा भएपछि बिर्तामोड शाखामा कार्यरत थिए ।
Facebook Comments Box