काठमाडौं । नेपाल प्रेस युनियनले आज पत्रकारका लागि निःशूल्क मिर्गौला परीक्षण शिविरको आयोजना गरेको छ ।

बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म नेपाल प्रेस युनियनको कार्यालय थापा गाउँमा निःशूल्क मिर्गौला परीक्षण शिविर आयोजना गरिएको युनियनले जनाएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंको सहयोगमा निःशूल्क मिर्गौला परीक्षणको व्यवस्था मिलाइएको युनियनका महासचिव अजयबाबु शिवाकोटीले जानकारी दिनुभयोे । नयाँ प्रविधिको प्रयोग गरेर ५ मिनेटमा नै मिर्गौला परीक्षण हुने उहाँले बताए ।
Facebook Comments Box