झापा । हिजो साँझ भएको आगलागीबाट गौरीगञ्ज ४ चन्द्रवंशी टोलका जगदिश मेहताको एक विघा खेतको धान जलेर नष्ट भएको छ ।
साँझ ६.४५ बजेको समयमा मेहताको खेतमा जम्मा गरी राखिएको १ विघा खेतको धानमा अचानक आगलागी भएको हो ।
स्थानीयले इलाका प्रहरी कार्यालय खजुरगाछीमा जानकारी गराएपछि प्रहरी टोली खटिगई स्थानीयबासी, नेपाल प्रहरी र गौरादह नगरपालिकाको दमकलको सहयोगमा साँझ ७.३० बजे आगो पूर्ण रुपमा निभाएको र आगलागीबाट १ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Facebook Comments Box
