काठमाण्डौं । काठमाडौमा जारी वकिलहरुको प्रथम सम्मेलन आज सकिँदै छ । सम्मेलनमा दोस्रोदिन हिजोसम्म २० विभिन्न विषयवस्तुमा आधारित रहेका कार्यपत्रमाथि वकिलहरुले छलफल गरेको महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

वकिलहरुले कानुनसँग सम्बन्धित सङ्क्रमणकालीन कानुन र न्याय, रिट अधिकार क्षेत्र, फौज्दारी र देवानी कानुनलगायतका विभिन्न २० वटा विषयमा कानुनविद्हरुले प्रस्तुत गरेको कार्यपत्रमाथि पाँच समूहमा छलफल गरेका छन् ।
सम्मेलनमा ३० कानुनसँग सम्बन्धित कार्यपत्र प्रस्तुत गरिने काचर्यसुचि रहेकोमा आज बाँकी रहेका कार्यपत्रमाथी छलफल हुनेछ । सम्मेलनमा देशभरबाट ३ सय ५२ सरकारी वकिल प्रतिनिधिको सहभागिता रहेको महान्यायाधिवक्ता श्रेष्ठले बताउनुभयो ।
Facebook Comments Box