झापा । झापाली सञ्चारकर्मी उद्धव पुरी सम्मनित भएका छन् ।
शब्दपत्र प्रकाशन प्रालिका सम्पादकसमेत रहेका पत्रकार पुरीलाई बिर्तामोडस्थित पतालगंगा बचत तथा ऋण सहकारी संस्थाले १५ औं वार्षिक साधारण सभाको अवसरमा नगदसहित सम्मान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालले सम्मानित पुरीलाई दोसल्ला ओढाउँदै सम्मान पत्र प्रदान गरेका थिए भने सहकारीका अध्यक्ष युवराज गिरीले नगद प्रदान गरेका थिए ।
पत्रकारिताको माध्यमबाट सहकारी क्षेत्रको विकासमा पुरीले उल्लेखनीय योगदान पुर्याएको भन्दै पतालगंगा वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार प्रदान गरिएको सहकारीका अध्यक्ष गिरीले बताए ।
पत्रकार पुरीसहित सहकारीका जेष्ठ सदस्य करणध्वज लिम्बू, बीरवहादुर गुरुङ, उत्कृष्ट उद्यमी हेमप्रसाद उप्रेती, ममता राजवंशी, उत्कष्ट बचतकर्ता चन्द्रवहादुर कटुवाल, रामवाबु सहनीलाई समेत नगदसहित सम्मान गरिएको थियो ।
त्यस्तै उत्कृष्ट कर्मचारीका रुपमा साकोसकी कर्मचारी कुमारी घोर्साई दासलाई नगदसहित सम्मान गरिएको थियो ।
