झापा । ‘मेरो कर्णाली मेरो समृद्धिको आधार’ भन्ने मूल नाराका साथ कर्णाली बचत तथा ऋण सहकारी संस्था बिर्तामोडले २३औँ ईकाइगत साधारण सभा सम्पन्न गरेको छ ।
मंगलबार बिर्तामोडस्थित विर्ता पार्टी प्यालेसमा भएको कार्यक्रममा संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठले बार्षिक प्रतिवेदन पेश गरेका थिए ।
प्रतिवेदन पेश गर्दै अध्यक्ष श्रेष्ठले ४ अर्ब ३० करोड १० लाख ५० हजार १९ रुपैँया १० पैसाको वासलात सार्वजनिक गरेका छन् ।
गत अर्थिक बर्ष २०७८/०७९ मा ३ अर्ब ९७ करोड ११ लाख ७६ हजार ६ सय २६ रुपैँया ३९ पैसा रहेको संस्थाको पुँजी बढेर आ.व २०७९/०८० मा ४ अर्ब ३० करोड १० लाख ५० हजार १९ रुपैँया १० पैसा पुगेको उनले बताए ।
राज्य व्यवस्था मजबुद् भए पनि नेताहरुको बेइमानीले गर्दा व्यवसायिक क्षेत्र घाटामा गएको उनको दावी थियो ।
धेरै सहकारीहरु संचालकको मनपरीले गर्दा बन्द गर्नुपर्ने अवस्था भएको अवस्थामा कर्णाली बचत तथा ऋण सहकारीले कुनै पनि हालतमा सेयर सदस्यहरुलाई धोका नदिने उनको प्रतिवद्धता थियो ।

कर्णाली बचत तथा ऋण सहकारीले झापा, मोरङ र इलाममा गरी ४१ वटा सेवा केन्द्रबाट सेवा प्रवाह गरिरहेको छ ।
२०५७ साल पुष ०४ गतेबाट संचालनमा आएको उक्त सहकारीले ५३ हजार ७ सय ८१ जना सदस्य बनाइसकेको छ ।
बिर्तामोड नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष राहुल शर्मा प्रमुख अतिथि रहेको कार्यक्रम संचालन सहकारीका सचिव भूपाल बस्नेतले गरेका थिए ।
