विर्तामोड । मेची पेट्रोलियम डिलर्स एसोसिएसनको अध्यक्षमा मार्स प्रसाईं चयन भएका छन् । शुक्रबार भुरुंगामा आयोजित नवौं अधिवेशनले प्रसाईं नयाँ अध्यक्षको रुपमा चुनिएको हो । यो भन्दा अघि लयप्रसाद भण्डारी अध्यक्ष थिए ।

नयाँ समितिको वरिष्ठ उपाध्यक्षमा नवीन कोइराला, प्रथम उपाध्यक्षमा टिकाराम पिठाकोटे, द्वितीय उपाध्यक्षमा भूपालराज कटवाल, महासचिवमा विनोद बस्नेत, सचिवमा विनोद चापागाईं, कोषाध्यक्षमा अमित सरिया र सह कोषाध्यक्षमा मदनकुमार राई चयन भएका छन् ।
Facebook Comments Box