झापा । झापाको बिर्तामोडस्थित शनिश्चरे रोडमा ‘द मोमो फ्याक्टोरी’ सञ्चालनमा आएको छ ।
काठमाडौंको बौद्धमा मुख्य कार्यालय रहेको द मोमो फ्याक्टोरीको बनेपामा दुई वटा, इटहरी र बिर्तामोडमा गरी पाँचवटा स्थानबाट सेवा लिन सकिने सञ्चालकमध्येका तुलसीप्रसाद उप्रेतीले जानकारी दिए ।
३६ वटा मोमोका परिकार पाइने उक्त मोमो फ्याक्टोरी सञ्चारकर्मी टिकाराम नेती, राज फुयाल, तुलसीप्रसाद उप्रेती, मोहनकुमार श्रेष्ठलगायतले एक करोड बढीको लगानीमा सञ्चालनमा ल्याएका हुन् ।

नेपालमै पहिलो पटक ‘लाइभ किचन’ सहितको मोमो फ्याक्टोरी सञ्चालन गरिएको सञ्चालकहरुको दाबी छ ।
सवै होटल तथा रेष्टुरेन्टमा पाइने परिकार उक्त मोमो फ्याक्टोरीमा पाइने तर, त्यहाँ पाइने परिकार अन्य स्थानमा नपाइने सञ्चालक तथा बिर्तामोडका मुख्य सेफ मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
द मोमो फ्याक्टोरीमा पाइने मोमोमध्ये कोदो, फापरका पिठोबाट बनेको मोमो विशेष परिकारका रुपमा चिनिन्छन् ।