दमक । झापाको दमकबाट प्रकाशित पूर्वसन्देश दैनिकले आफ्नो ११औँ वार्षिकोत्सवको अवसर पारेर तीन दिने आधारभुत पत्रकारिता तालिमको शूरु गरेको छ ।

गत मंसिर २४ गतेबाट ११औँ वर्ष पार गरी १२औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा तालिमको आयोजना गरिएको हो । तीन दिनसम्म चल्ने तालिमको उद्घाटन पत्रिकाका सम्पादक प्रकाश गञ्जबहादुर दहालले गरेका हुन् ।
उद्घाटन कार्यक्रममा बोल्दै दहालले सञ्चार माध्यममा दक्ष जनशत्तिको अभाव भइरहेकाले तालिमको आयोजना गरिएको बताए । तालिममा पत्रिकामा आबद्ध र पत्रकारितामा इच्छा राख्ने २५ जनाको सहभागिता रहेको थियो ।
तालिममा पत्रकार गोपाल झापाली, गोपाल गड्तौला र केदार शर्माले क्रमश एक÷एक दिन गर्ने कार्यतालिका रहेको पत्रिकाका समाचार संयोजक विष्णु पौड्यालले जानकारी दिए ।
Facebook Comments Box