विर्तामोड । नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ मेची बहुमुखी क्याम्पस इकाई समन्वय समिति गठन भएको छ ।

पुजा थापामगरको अध्यक्षतमा २१ सदस्यीय इकाई समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा ग्रीस शेर्मा लिम्बु, सचिवमा सत्यम चौधरी, सह–सचिवमा दिपक राजवंशी, कोषाध्यक्षमा दिव्या घले गुरुङ रहेका छन् ।
मेची बहुमुखी क्याम्पसमा अध्ययनरत आदिवासी जनजाति विद्यार्थीहरुको भेलाले उक्त समिति गठन गरेको हो । कार्यक्रममा विद्यार्थी महासंघ झापाका अध्यक्ष हैकम घिसिङ अध्यक्षता सम्पन्न भएको थियो भने आदिवासी जनजाति विद्यार्थीहरु संगठित हुनुपर्ने आवश्यकतामाथि सह–सचिव सुजन आलेमगर प्रकाश पारेका थिए । कार्यक्रम सह–सचिव रोशन मोक्तानको सञ्चालनमा सम्पन्न भएको थियो ।
यसैबीच देवी क्याम्पस विर्तामोडमा पनि विद्यार्थी महासंघ इकाई समन्वय समिति गठन भएको छ । निमा गोलेको अध्यक्षता १३ सदस्यीय इकाई समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा प्रमिशा राई र विनोद मगर, सचिवमा विरोध लिम्बु, सह–सचिवमा मामुनी राजवंशी र अनुपा धिमाल, कोषाध्यक्षमा प्रदीप चौधरी रहेका छन् ।
कार्यक्रमको सञ्चालन सचिव सागर योङहाङले गरेका थिए भने जिल्ला सह सचिव सुजन राना मगर, जिल्ला अध्यक्ष हैकम घिसिङलगायतले मन्तव्य राखेका थिए ।