बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शनिवार असोज २० गते विश्वासको मत लिने भएका छन् ।
मुख्यमन्त्री कार्की गत भदौ २२ गते संविधानको धारा १६८ को उपधारा ९३० अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
नियुक्त भएको ३० दिनभित्र अनिवार्य विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाका कारण कार्कीले शनिबार विश्वासको मत लिन लागेको उनले बताए ।
उनले विश्वसको मत नपाउने अवस्था अहिले नै नदेखिएको भन्दै असोज २० गते विश्वासको मत दिन प्रदेश सभामा आह्वान समेत गर्ने बताए ।
कार्कीले विश्वासका मत लिने तयारी गरिरहँदा कोशी प्रदेशका प्रतिपक्षी दल नेपाली काग्रेंसले कार्कीलाई विश्वासको मत नदिने निणर्य गरेको कांग्रेसका प्रमुख सचेतक भुपेन्द्र राइले बताए ।
मुख्यमन्त्री कार्कीले विश्वासको मत नपाउँदा अर्को व्यवस्था अनुसार बहुमत सदस्यको हस्ताक्षरसहित गठबन्धनको सरकार बनाएर नै जाने उनले बताए ।
