काठमाडौं । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा सहकर्मीमाथि हातपात भएको विरोधमा त्यहाँका चिकित्सकले विरोध प्रर्दशन गरेका छन् ।
इन्टर्न डाक्टरमाथि हातपात भएको भन्दै उनीहरुले काम बन्द गरेर आइतबार अस्पताल अगाडिको सडकमा धर्ना दिएका हुन् ।
मिर्गौला रोगको परीक्षणका लागि बहिरंग सेवा (ओपीडी)मा आएका बिरामीले आइतबार दिउँसो साढे १२ बजेतिर इन्टर्न डाक्टर मनिष खड्कामाथि आक्रमण गरेको उनीहरुको भनाइ छ ।
डाक्टरहरुले आफूहरूको सुरक्षा र कुटपिटमा संलग्नलाई कारबाहीको माग राखेका छन्। आन्दोलनमा सहभागि डाक्टर विवेक अधिकारीले भने, ‘हामी काम गर्न सक्दैनौ । हाम्रो अगाडि मानीसको ज्यान झण्डै गएको छ । एक जनालाई तीन जनाले कुटेर टाउको झण्डै फुटेको छ । तीन जना मानिसलाई कारबाही गर्न सकेन भने नयाँ बिरामी हामी लिँदैनौं ।’
त्यस्तै अर्का डाक्टर प्रशानसकै मान्छे भनेर डाक्टरमाथि कुटपिट भएको बताए । ‘एकजना इन्टर्नले विरामी भेट्न एकै पटक नआउनु, पालै पालो गरेर आउँनुभन्दा त्यही निहुँमा कुटेको हो,’ उनले भने ।
उनले हिजो मात्रै सरकारले डाक्टरसंग गरेको सहमतिको मसी सुक्न नपाउँदै फेरी हातपात भएको भन्दै आक्रोश पोखे ।
