झापा । झापाको अर्जुनधारा नगरपालिकामा पर्ने बिरिङ खोलाको पुल भासिएपछि उत्तरी झापाका खुदुनाबारी तथा दक्षिणी इलाम पुग्ने सडक अवरुद्ध भएको छ ।
आइतबार बिहानैदेखि परेको भारी बर्षाका कारण बिरिङ खोलामा आएको बाढीले पुलको जगलाई हानेपछि पुल भासिएको हो । विगत लामो समयदेखि उक्त पुल जीर्ण अवस्थामा पुगेको थियो ।
२०६५ सालमा भारतीय दूतावासको दुई करोड रुपैयाँ आर्थिक सहयोगमा बनेको पुल भासिएको हो । पुलको स्ल्याब भाँचिएको ठाउँमा हेर्दा कमसल रडको प्रयोग भएका कारण पनि पुल भत्किन सहयोग पुगेको स्थानीयबासीको भनाइ छ ।
अर्जुनधारा नगरपालिकाले पुल मर्मतका लागि बजेट विनियोजन गरेको भए पनि मर्मत सम्भारमा ढिलाइ भएका कारण सवारी आवागमन ठप्प भएको छ ।
उक्त पुल मर्मतका लागि अर्जुनधारा नगरपालिकाले २० लाख रुपैयाँ छुट्याए पनि काम केही पनि भएको छैन ।
Facebook Comments Box
