झापा । झापालगायत देशका अधिकांश स्थानमा भारी बर्षा भइरहेको छ ।
झापाका नदीहरू पानीको बढ्ने संभावना रहेकाले नदी आसपासका क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ । निरन्तरको वर्षाले बागमती लगायतका देशका विभिन्न क्षेत्रका ठूला नदी र खोलामा खतराको तह पार गरेको छ ।
बाढी पूर्वानुमान महाशाखाले बाढीले क्षति पुर्याउन सक्ने भएकाले रौतहट सर्लाहीका नदी किनाराका बासन्दिालाई आज साँझसम्म उच्च सतर्कता अपनाउन र सुरक्षति स्थानमा जान आग्रह गरेको छ ।
महाशाखाले मंगलबार बिहान ६ बजे जारी गरेको सूचना अनुसार बागमतीको पधेंरादोभान (कर्मैया) जलमापन केन्द्रमा बाढीले खतराको तह पार गरेको देखाएको हो ।
हनुमन्ते,मनोहरा लगायतमा पनि जल सतह निकै बढेको छ । बागमती जलाधार क्षेत्रकै हरिहरपुरगढी सिन्धुली, मरिन कुशुनटार आसपासका क्षेत्रमा पनि भारी वर्षा भएको छ ।
यस्तै, बर्दियाको बबई नदीले पनि खतराको तह पार गरेको छ । दाङ आसपासका क्षेत्रमा पनि भारी वर्षा भएकाले राप्ती नदीको जल सतह उच्च भएको छ । निरन्तरको बर्षा नरोकिएकाले ति नदी लगायत अन्य खोला र साना खहरामा बाढीको सतह बढ्दो क्रममा रहेको छ ।
