काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रही बागमती सहित चार प्रदेशमा भारी वर्षा हुने जनाएको छ ।
हाल देशभर मौसम सामान्य देखि पूर्ण बदली रही कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर मौसम सामान्यदेखि पूर्ण बदली रहनुका साथै सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ ।
महाशाखाले आज कोशी, मधेश, बागमती, गण्डकीमो धेरै स्थान तथा लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षा हुने उल्लेख गरेको छ ।
त्यस्तै सोमबार राति कोशी, मधेश, बागमती,गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुने प्रक्षेपण महाशाखाको रहेको छ । साथै बाँकी अन्य प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ ।
