काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले उद्धव थापाकै नेतृत्वमा कोशी प्रदेश सरकार गठन हुने दाबी गरेका छन् ।
शुक्रबार साँझ विराटनगर विमानस्थलमा साँझ सञ्चारकर्मीसँग कुरा गर्दै डाक्टर कोइरालाले अदालतले मान्यता नदिएका मुख्यमन्त्री संसदीय दलका नेतासमेत भएकाले आगामी सात दिनभित्र थापाकै नेतृत्वमा गठबन्धन सरकार निर्माण हुने विश्वास व्यक्त गरे । ‘कांग्रेसकै नेतृत्वमा सरकार बन्छ ’ उनले भने ।
उद्धव थापाकै नेतृत्वमै ? पत्रकारको प्रश्नमा उनले भने, ‘अहिले संसदीय दलको नेता जो हुनुहुन्छ उहाँकै नेतृत्वमा सरकार बन्छ ।’
विगतमा आफूले सभामुखले सरकार निर्माणमा हस्ताक्षर गर्नु गलत हो भन्ने कुरा अहिले पुष्टि भएको चर्चा गर्दै उनले अदालतले अन्य राजनीतिक दललाई समेत पाठ सिकाउने बताए ।
Facebook Comments Box
