काठमाडौं । त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा थप १०० केजी सुन रहेको आशंका गरिएको छ ।
थप सुन रहेको आशंकामा राजस्व अनुसन्धान विभागले भन्सार परिसरमा विशेष अप्रेशन गरिरहेको विभागका महानिर्देशक नवराज ढुंगानाले बताए।
उनले भने, ‘हिजो पक्राउ परेको परिमाण वा त्यो भन्दा धेरै सुन रहेको आशंकामा अहिले त्रिभुवन विमानस्थल भन्सार परिसरमा विशेष अप्रेशन भइरहेको छ । अप्रशनपछि के हो थाहा हुन्छ । अहिले शंका हो ।’
बुधबार बेलुका १०० केजी सुन भन्सार पास भएर विमानस्थल नजिकैबाट सुन पक्राउन गरेको थियो । राजश्व अनुसन्धान विभागको विशेष टोलीले उक्त सुन बरामद गरेको हो ।
चीनबाट कार्गो गरी ल्याइएको स्कुटरको पार्टसमा सुन लुकाइएको भेटिएको थियो । रेडी प्रालिले ८ वटा कार्टुनमा ल्याएको थियो ।
Facebook Comments Box
