चितवन । नेपाल आदिवासी जनजनाति महासंघको अध्यक्षमा जगतबहादुर बराम विजयी भएका छन् । वरामले ३१ मत पाएका थिए । चितवनमा मंगलबार राति सम्पन्न निर्वाचनको मतपरिणाम अनुसार वरामका निकटतम प्रतिद्वन्द्वी सूर्यबहादुर भुजेल २३ मतसहित पराजित भएका छन् ।

अध्यक्षमा विजयी भएका वराम कांग्रेस निकट हुन् भने पराजित भुजेल एमाले निकटका मानिन्छन् । महासंघको निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राप्रपावीच संयुक्त प्यानल बनाइ निर्वाचनमा गएका थिए । चार दलीय गठबन्धनको संयुक्त प्यानलले अधिकांस पदमा विजयी हासिल गरेका छन् ।
उपाध्यक्षमा ३३ मतसहित किरण सुनुवार, गणेशलाल थकाली २३ मत, गोविन्द छन्त्याल २८, नवीन रोकामगर २६, लोकबहादुर दुरा २७, श्यामप्रसाद मण्डल २३ सोनाम लामा कालुङ २४ मतसहित विजयी भएका छन् ।
महिला उपाध्यक्षमा कुष्णकुमारी शेरचन ३६ मतसहित विजयी भएकी छिन् । महासचिवमानित्यानन्द ताजपुरिया ३७ मतसहित विजयी भएका छन् ।
सचिवमा आङ पासाङ शेर्पा ३२ मत, गोला माझी २६ मत, दानसिंह राउटे २२ मत, राजकुमार बोटे २० मत र सुखबीर थामी २१ मतसहित विजयी भएका छन् ।
महिला सचिवमालाक्पा हिसे शेर्पा ३१ मत, शान्तिदेवी धिमाल ३५ मत, सुकमती राजवंशी ३३ मत, सोनाम लामा मुगाली ३८ मत र श्रृतिमाया कुमाल ३९ मतसहित विजयी भएकी छिन् । कोषाध्यक्षमा मुकुन्दबहादुर पहरी ३८ मतसहित विजयी भएका छन् ।