काठमाडौं । पहिलो प्रेस काउन्सिल–सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार कारोबार दैनिकका पूर्वसम्पादक सञ्जय न्यौपानेसहित दुई पत्रकारलाई प्रदान गरिएको छ ।

प्रेस काउन्सिल नेपालले कारोबार दैनिकका पूर्वसम्पादक न्यौपाने र पत्रकार कर्ण बोहरालाई मरणोपरान्त ५ लाख रुपैयाँ राशिको पुरस्कार प्रदान गरेको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार एक समारोहबीच स्वर्गीय न्यौपानेकी पत्नी राधिका अर्याल न्यौपाने र स्वर्गीय बोहराकी पत्नी ममता बोहरालाई संयुक्त रूपमा पुरस्कार हस्तान्तरण गरिन् ।
कारोबार दैनिकका पूर्वसम्पादक न्यौपानेको गत कात्तिक २० गते तथा कञ्चनपुरका पत्रकार बोहराको मंसिर १० गते निधन भएको थियो । राष्ट्रपति भण्डारीले दिवंगत पत्रकारलाई पुरस्कृत गरेकामा प्रेस काउन्सिल र सानिमा बैंकलाई धन्यवाद दिइन् ।
Facebook Comments Box