काठमाडौं । मिटरव्याजविरूद्धको संघर्ष समिति नेपालले कानून पारित गराउन माग गर्दै संघीय संसद भवन घेराउ गरेको छ ।
संघर्ष समितिमा आवद्धहरुले आइतबार काठमाडौंको बानेश्वरस्थित संघीय संसद भवन अगाडि मिटरव्याजविरूद्ध कानून छिटो बनाउन माग गर्दै दवाव दिएका हुन् ।
उक्त विरोध कार्यक्रममा बोल्दै मिटरव्याजविरूद्धको संघर्ष समिति नेपालका संयोजक मनोजकुमार पासवानले एमालेले गर्दा यस्तो समस्या भोग्नु आरोप लगाए ।
‘यो जनताको लागि पक्कै हो भने यो पारित हुनुपर्छ । यो पारित भएन भने हामी बुझ्छौं की एमाले हाम्रो विपक्षमा खडा भएको छ,’ उनले भने ।
सरकारले मिटरव्याजविरूद्ध अध्यादेश ल्याए पनि संसदको दुवै सदनबाट प्रतिस्थापन विधेयक ६० दिनभित्र पारित नहुँदा निष्क्रिय भएको थियो ।
Facebook Comments Box
