कलैया । बाराको बडही फूलबरिया–८ सनफुलवा गाउँमा मंगलबार ११ हजार भोल्टेजको विद्युत् तार चुँडिदा १५ जना घाइते भएका छन्। तार चुँडिएपछि दर्जनौँ घरमा आगलागी भएको बताइएको छ।

यस्तै, टिभी, विद्युत मिटर बक्स, चार्ज गरिएका मोबाइल लगायतका विद्युतीय सामान पड्किएको स्थानीयले गुनासो गरेका छन्। तार चुँडिएर लाखौँ बराबरको क्षति भएको हुनसक्ने तर यकिन विवरण भने प्राप्त भइनसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
घाइतेको कलैया अस्पताल र वीरगन्ज अस्पतालमा उपचार भइराखेको छ। विद्युत् प्राधिकरणको रेखदेख नगर्दा तार चुँडिएर क्षति पुगेको स्थानीयको भनाइ छ।
Facebook Comments Box