विर्तामोड । देशका विभिन्न भागमा भइरहेका दैवी विपत्तीमा द्रुत सेवा प्रदान गर्दै आएको क्वीक भोलेन्टियर्सले तेह्रथुमका आगलागी पिडीत तथा प्रभावित ७० परिवारलाई सिरक डसना तथा खाद्यान्न सहयोग गरेको छ ।

भोलेन्टियर्सको न्यानो अभियान अन्तरगत सक्रान्ति बजारमै पुगेर सहयोग हस्तान्तरण गरेको अभियान्ता दीपक दासले बताए ।
दासका अनुसार सक्रान्ति आगलागी पिडीतका लागि तत्काल सहयोग जुटाउन सामाजिक संजाल (फेसबुक)को उपयोग गरिने भएको छ । अब भोलेन्टियर्सको समूह आगलागीग्रस्त क्षेत्रको सरसफाईमा जुट्ने र सो पछि सहयोग जुटाएर घर पुनःनिर्माण गरिने जनाइएको छ ।
उनले सरसफाईका लागि आवश्यक पर्ने हेलमेट, गम्बुट, पन्जा, माक्स, पिउने पानीजस्ता आधारभूत सामग्रीहरुको आवश्यकता परेकोले आमसञ्चार माध्यम मार्फत सहयोग आव्हान गरिएको बताए ।
उद्धारमा खटिएका क्वीक भोलेन्टियर्सका अभियन्ता अरुण खड्काले आवश्यक सामानको जोहो भए तत्काल थप भोलेन्टियर्स जुटाउने पनि बताए । अभियान्ता दासले फेसबुक मार्फत गरिएको आग्रहबाट बिर्तामोडकी मेलिसा ओलीले पाँच हजार पाँच रुपैयाँ सहयोग हस्तान्तरण गरेको जानकारी दिए ।