काठमाडौं । कृषि विकास बैंकले हास्य कलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौलालाई आफ्नो ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ ।
बैंकले आफूले ग्राहकलाई दिने सेवाको प्रबद्र्धनका लागि गिरी र निरौलालाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको हो । यस सम्बन्धमा बैंक र र आमा सरस्वती मुभिजबीच सम्झौता भएको छ ।
सम्झौतापत्रमा बैंकका तर्फबाट उप–महाप्रबन्धक दिलीप सिंह थापा तथा आमा सरस्वती मुभिजका तर्फबाट गिरी र निरौलाले हस्ताक्षर गरेका छन् ।
Facebook Comments Box