बुटवल । नेकपा एमाले निकट युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको गोली हानेर हत्या भएको छ । उनलाई देवदह बजारस्थित घर नजिकै एक व्यक्तिले गोली हानेका हुन् । गाेली हानेकाे अारोप लागेका मनाेज राना पुन प्रहरीकाे नियन्त्रणमा छन् ।

गोली लागेर तिवारीको मृत्यु भएको युवा संघ उपाध्यक्ष दिलु पन्तले बताइन् । रातो पल्सर मोटरसाइकल चढेर आएका गोली चलाउने युवकले प्रहरी समक्ष आत्मसमर्पण गरेको उपाध्यक्ष पन्तले जानकारी दिइन् ।
प्रहरीका अनुसार गोली चलाएको आरोपमा मनोज राना पुनलार्इ पक्राउ गरिएकाे छ ।
युवा संघ उपाध्यक्ष पन्तका अनुसार अहिले युवासंघको आपतकालीन बैठक बोलाइएको छ ।
रातो पल्सर मोटरसाइकलमा चढेका दुईजना व्यक्तिले तिवारीलाई गोली हानेर फरार भएका थिए । गोली लागेर घाइते तिवारीलार्इ देवदह मेडिकल कलेजमा लगिएको थियो ।
Facebook Comments Box