कालीकोट । जिल्लामा गत वर्ष खडेरीका कारण बालीनाली नष्ट भएपछि जनतालाई खाद्यान्न सङ्कट पर्ने भन्दै दिएको चामल ढुवानी अभावमा सदरमुकाममा थन्किँदा स्थानीयवासीलाई समस्या भएको छ ।

सदरमुकाममा चामल छ गाउँमा भोकमरी भएको ढुवानी अनुदानमा चामल आउँछ भनेर जनतालाई काम गरेको कार्यसम्पन्न भइसक्दा पनि चामल नपाएपछि स्थानीयवासी आश्चर्यचकित परेका छन् ।
सदरमुकामभन्दा ग्रामीण क्षेत्रका खाद्य डिपोका लागि आएको चामल जिल्ला खाद्य संस्थान मान्मको गोदाममा राखिएको छ । जिल्ला दैवी प्रकोप उद्धार समितिले खडेरीग्रस्त क्षेत्रका स्थानीयवासीलाई खाद्यान्न सङ्कट पर्ने भन्दै चामल माग गरेको थियो ।
गेला गाविसका प्राविधिक अक्कलबहादुर शाहीले गाविसमा नौ वडामा बाटो, खानेपानी मर्मतलगायतका काम गरेर जिविसमा कार्य सम्पन्न भएको विवरण पेस गर्दा पनि चामल नपाएको बताएका छन् । कहिले जिविस त कहिले खाद्य संस्थानलाई भनेर आलटाल गर्ने गरेको शाहीले आशङ्का गरेका छन् ।
सरकारले ढुवानी अनुदान पठाउनेबित्तिकै आफूहरुले जुविथाको खल्लागाड डिपोमा एक हजार ५०० क्विन्टल, अति खडेरी पर्ने पलांताको थिर्पु खाद्य डिपोमा दुई हजार क्विन्टल र पादमघाट खाद्य डिपोमा एक हजार ५०० क्विन्टलसहित पाँच हजार क्विन्टल चामल सदरमुकामको मुख्य डिपोमा रहेको ढुवानीको जिम्मा लिएका ठेकेदार निलो तिरुवाले बताएका छन् ।
उनका अनुसार आफूहरुलाई सदरमुकामसम्मका लागि मात्र ढुवानीको जिम्मा रहेकाले ढुवानी अनुदान दिने भन्ने भएपछि एक हप्ताभित्र चामल सम्बन्धित ठाउँमा पुग्ने छ ।
जिल्ला खाद्य संस्थान कालीकोटका निमित्त प्रमुख मानबहादुर घिमिरेले जिल्ला खाद्य संस्थानमा चामल आएको तर अर्थ मन्त्रालयले ढुवानी अनुदान नदिँदा सदरमुकाममा बाँकी रहेको बताउँदै बोलपत्र परेकाले छिट्टै ढुवानी अनुदान आउने दाबी गरेका छन् ।
कालीकोट जिल्लाका ग्रामीण क्षेत्रमा स्थापित खाद्य डिपो द्वन्द्वपछि अहिलेसम्म पुनःस्थापित हुन सकेका छैनन् । सो क्षेत्रमा आएको चामल ढुवानी अनुदानमा सदरमुकामबाट बिक्री हुने गरेको छ ।
गाविसको सिफारिसमा सदरमुकामबाट अनुदानको चामल बिक्री हुन्छ । ढुवानी अनुदानका लागि सुविधा पाउने गाविसभन्दा पनि सदरमुकाममा होटल व्यवसाय गरेकाहरुले नै ढुवानीको चामल लिने गरेका छन् । कारोबारबाट