काठमाडौं । प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालय काठमाडौंमा पेश गरेको छ। अनुसन्धानको ५८ दिनपछि प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको हो।
प्रहरीले घटनामा संलग्न ३२ विरुद्ध राज्य विरुद्धको अपराध, संगठित अपराध र ठगि कसूर अन्तर्गत मुद्धा लगाउन माग गरेको छ । घटनामा संलग्न १६ पक्राउ परेका छन् भने बाँकी १६ फरार रहेका छन् । सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख सहन्यायधिवक्ता अच्यूतमणी नेउपानेले अनुसन्धान प्रतिवेदन कार्यालयमा पेश भएको बताए । उनले भने,‘नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन हामी कहाँ पेश भएको छ । अब प्रतिवेदन माथि अध्ययन हुनेछ । र मुद्या अदालतमा अभियोजन हुनेछ ।’
आइतवारसम्म नक्कली शरणार्थीका नाममा ठगि भएको भन्दै एक सय १२ पीडितले प्रहरीमा उजुरी दिएका छन् ।
Facebook Comments Box
