सिन्धुली । सुनकोशी नदीमा स्कार्पियो जीप खस्दा चार जनाको मृत्यु भएको छ।

काठमाडौंबाट खोटाङको हलेसी जाँदै गरेको स्पार्कियो जीप आइतबार दिउँसो सिन्धुलीको रत्नावती–३ घाटपाखाबाट सुनकोशी नदीमा खस्दा चार जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। जीपमा आठ जना सवार थिए।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार प्रहरीको टोली घटनास्थल पुगेर उद्धारमा खटिएको छ। घटनाबारे विस्तृत विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ। अन्नपूर्णबाट
Facebook Comments Box