सिन्धुपाल्चोक । महत्वपूर्ण व्यापारिक नाका तातोपानी आजदेखि दुई तर्फी रुपमा सञ्चालनमा आएको छ ।
पूर्ण रुपमा सञ्चालनमा ल्याउने तयारी स्वरुप आजदेखि दुइतर्फि आयात निर्यात सुरु भएको हो ।
आज विहान नेपालबाट २९ लाख २९ हजार ८ सय ११ रुपैयाँ बराबरको तीन ट्रक मुडा र म्याट्रेस चीन तर्फ निर्यात भएको तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसीले जानकारी दिए।
Facebook Comments Box
