पाँचथर । फालेलुङमा चट्याङ लागेर ५४ वटा भेडा मरेका छन् ।
पाँचथरको फालेलुङ गाउँपालिका–३ स्थित एउटै खोरमा रहेका ५४ वटा भेडा मरेका छन् भने एकजना गोठालो भने घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार चट्याङ पर्दा भेडा फर्ममा नै रहेका याङबरक–३ निवासी प्रेम राई भने सख्त घाइते भएका छन् ।
शरीरको दाहिने पाटो नचल्ने र बोल्न नसक्ने अवस्थामा फेला पारेका उनलाई उपचारका लागि फालेलुङ स्वास्थ्य चौकी पठाइएको थियो ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख हरि खतिवडाका अनुसार सो चट्याङका कारण भेडा फर्मका मालिकलाई झन्डै १६ लाख बराबरको क्षति भएको छ ।
Facebook Comments Box
