काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको अर्थतन्त्र गम्भिर संकटमा नभएको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै गृहमन्त्री श्रेष्ठले मुलुकको अर्थतन्त्र गम्भिर संकटमा नभएको बताएका हुन् ।
उनले सरकारले तत्कालिन समस्या समाधानका उपायहरु खोज्नसक्दा तत्काल अर्थतन्त्रमा सुधार आउने बताए । उनले सरकारले अर्थतन्त्रमा देखापरेका तत्कालिन समस्या समाधान गर्न सम्पूर्ण ध्यान केन्द्रित रहेको बताए ।
गृहमन्त्री श्रेष्ठले सरकारले अर्थतन्त्रमा देखिएका तत्कालिन समस्या समाधान गरी अर्थतन्त्रलाइ चलायमान बनाउन निजी क्षेत्र तथा सम्बन्धित सबैसँग छलफल गरिरहेको बताए ।
उनले सरकारले अर्थतन्त्रमा देखिएको सिथिलतालाई अन्त्य गरी अर्थतन्त्रलाई चलायमान बनाउने बताए ।
Facebook Comments Box
