काठमाडौं । अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले जिन्दगीका हरेक उतार चढाव फोटोग्राफीले यादगार बनाएको बताएकी छिन् ।
शुक्रबार काठमाडौंमा फोटोग्राफर संघले आयोजना गरेको क्यालेन्डर विमोचन कार्यक्रममा उनले आफ्नो जीवनमा फोटोग्राफीले निकै महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइन् । पछिल्लो समय फोटोग्राफीमा धेरै नै परिवर्तन भए पनि पहिलेको फोटोसँग आफ्नो भावनाहरू जोडिएको उनको भनाई छ ।
‘फोटोको अर्थ धेरै छ । पहिलेको तुलनामा अहिले फोटोग्राफीमा निकै परिवर्तन आएको छ । अहिले हामी फेसबुकमा फोटो हाल्नको लागि मात्र हामी फोटो खिच्छौं । तर मन परेर घरको भित्तामा राखेको फोटो र फेसबुकको फोटोमा अन्तर छ । मैले त्यतिबेला मेरी आमाको फोटो नखिचेको भए अहिले मसंग उहाँको केही हुन्नथ्यो । जिन्दगीको धेरै उतार चढावमा फोटोग्राफीले मेरो जिन्दगीलाई यादगार बनाएको छ । ’
Facebook Comments Box
