झापा । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतका झापामा रहेका अधिकांश वस्तुगत संघहरुले केन्द्रीय सदस्य उम्मेदवारका रुपमा राजकुमार कार्की (राजु) लाई अघि सारेका छन् ।
शनिबार बिर्तामोडमा नेपाल अलैँची व्यवसायी महासंघले पत्रकार सम्मेलन गरेर कार्कीलाई समर्थन रहेको जनाएको हो । कार्की महासंघका निवर्तमान अध्यक्ष तथा नेपाल कुचो संघका केन्द्रीय अध्यक्ष हुन् ।
झापाका पाँचवटा वस्तुगत व्यवसायी संघको साझा समर्थनमा उनले उम्मेदवारी घोषणा गरिसकेका अलैंची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष निर्मल भट्टराईले जानकारी दिए ।
अलैँची महासंघ सँगै नेपाल भेनियर उत्पादक संघ, नेपाल सुपारी प्रशोधन तथा निर्यात संघ, नेपाल अदुवा उत्पादक तथा व्यवसायी संघ लगायतका वस्तुगत संघले साझा उम्मेदवारका रुपमा कार्कीलाई खडा गरेको नेपाल सुपारी प्रशोधन तथा निर्यात संघका अध्यक्ष देवी खतिवडाले जानकारी दिए ।
