काठमाडौं । आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा युएईले जितका लागि नेपाललाई ३११ रनको बिशाल लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३१० रन बनायो। अहिले नेपाल जवाफी ब्याटिङ गररहेको छ।
खेल हेर्न टियू क्रिकेट मैदानमा ११ हजारले टिकटनै लिएको क्यानले जनाएको छ । टिकट नपाउने धेरैले नजिकैका रुख र घरबाट क्रिकेट हेरेका छन्।
हेर्नुस् टियूमा क्रिकेट क्रेज:





Facebook Comments Box