काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको रिटमा प्रारम्भिक बहस सकिएको छ ।
सर्वोच्चका अन्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा भएको बहसमा वरिष्ठ अधिवक्ताहरू, बालकृष्ण न्यौपाने, डा। सुरेन्द्रभण्डारीसहित अधिवक्ताहरूले बहस गरेका छन् ।
उनीहरूले प्रचण्ड स्वंय्ले पाँच हजार हत्याको जिम्मा लिने भनेर बोलिसकेकाले उनलाई पक्राउ गरी अनुसन्धान गर्न अन्तरिम आदेश माग गरेका छन् । न्यायाधीश खतिवडाका इजलासले आजै आवश्यक आदेश दिने तयारी गरेको बताइएको छ ।
Facebook Comments Box
