दमक । नेपाल रेडक्रस सोसाइटी उपशाखा लखनपुरलाई एम्बुलेन्स खरिद गर्नका लागि माया केसीको परिवारले ९ लाख ५० रुपैयाँ हस्तान्तरण गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी लखनपुरले आज आयोजना गरेको एक कार्यक्रममा खड्ग केसीको स्मृतिमा केसी परिवारले सो रकमको चेक उपशाखा सभापति चन्द्र शाहलाई हस्तान्तरण गरेको हो । श्रीमती माया, छोरा बुहारी नविन, लक्ष्मी, रविन, विनिता, विपिन केसी र छोरी निर्मला केसी अधिकारीले एम्बुलेन्स खरिद गर्ने रकम प्रदान गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले मानवीय सेवाको लागि प्रदान गरेको सहयोगबाट सञ्चालन हुने एम्बुलेन्स खरिद पछि दिगो नीति बनाएर सेवा दिन उपशाखा समितिलाई निर्देशन दिए ।
Facebook Comments Box