काठमाण्डौं । सरकारी जागिरको खोजी तथा तयारीमा रहेकाहरुलाई खुसीको खबर छ। लोकसेवा आयोगले शाखा अधिकृत पदको लागि एकपटक ५ सय ४ जनाको लागि विज्ञापन प्रकाशित गरेको छ।
विभिन समूह तथा सेवा गरेर ५ सय ४ जनाको लागि खुलाइएको उक्त पदको लागि आवेदन भने अनलाइनबाटै दिन पाइने छ।
प्रशासन, परराष्ट्र, व्यवस्थापिका संसद, न्याय, र लेखापरीक्षण सेवामामा विभिन्न खुल्ला तथा आरक्षण तर्फ गरेर लिखित परीक्षाको लाग उक्त विज्ञापन प्रकाशित गरिएको छ।
खुल्लातर्फः २७४
महिला तर्फः ७३
आदीवासी–जनजातीतर्फः ६६
मधेसी तर्फः ५१
दलिततर्फः १९
अपांगतर्फः १०
पिछडिएको क्षेत्रतर्फः ११ जना
हुलाक कार्यालय तथा लोकसेवाका विभिन्न कार्यालयहरुमार्फत पनि फारम बुझाउन सकिने व्यवस्था मिलाइएको छ।
Facebook Comments Box