बिराटनगर । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ पूर्ण रूपमा अन्त्य गर्न उत्साह मिलेको बताएका छन् ।

उनले लोडसेडिङ न्यूनिकरणको कार्ययोजनालाई लोडसेडिङ अन्त्यको कार्ययोजनामा बदल्ने उद्घोष गरे ।
मोरङ व्यापार संघले आयोजना गरेको अन्तरक्रियामा घिसिङ लोडसेडिङ न्यूनिकरण अभियानमा प्राधिकरणले सफलता हात पारेको बताए ।
घिसिङले मुलुकबाट लोडसेडिङ पूर्ण रुपमा अन्त्य गर्ने उत्साह मिलेको बताउँदै यो अभियानमा सहयोग गर्न उद्योगी व्यवसायीलाई आग्रह गरे ।
Facebook Comments Box