सुरुङ्गा । कनकाई कीर्तन मण्डलीले दुई ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । सम्मानित हुनेमा ८९ वर्षीय मुक्तिनाथ अधिकारी र ९६ वर्षीय मनमाया सुवेदी छन् ।
शनिबार आयोजित एक कार्यक्रमका बीच मण्डलीको ज्येष्ठ सदस्यको रुपमा उनीहरुलाई सम्मान गरिएको हो । उनीहरुलाई दोसल्ला र सम्मान पत्र प्रदान गरियो ।
त्यस्तै, कार्यक्रममा मण्डलीलाई योगदान पुर्याउने स्व. कृष्णप्रसाद कोइराला, स्व.राधाकृष्ण खतिवडा, स्व. हरिप्रसाद तिम्सिना, स्व. खेमनाथ अधिकारी र स्व.लक्ष्मीप्रसाद खतिवडालाई मरणोप्रान्त सम्मान गरिएको थियो ।
कार्यक्रममा कनकाई नगरपालिकाका निमित्त कार्यकारी अधिकृत तेजबहादुर आचार्यको प्रमुख आतिथ्यमा भएको थियो ।
Facebook Comments Box