काठमाडौं । गत राति १२ बजेदेखि लागू हुने गरि डिजेल, पेट्रोल र मट्टीतेल प्रतिलिटर तीन रुपैयाँ बढेको छ ।
नेपाल आयल निगमले सोमबार राति १२ बजे देखि लागूहुने गरि पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।
आयल निगमले जारी गरेको सुचना अनुसार अब देखी नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १७८ रुपियाँ पुगेको छ भने डिजेल र मट्टीतेल प्रतिलिटर १७५ रुपियाँ पुगेको छ ।
निगमका अनुसार खाना पकाउने एलपीजी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् राखिएको राखिएको छ ।
जसअनुसार ग्यासको मूल्य प्रतिसिलिन्डर १८०० रुपियाँ र हवाई इन्धनको मूल्य प्रतिलिटर १७० रुपियाँ रहेको छ ।
Facebook Comments Box