धुलाबारी । साहारा नेपाल बचत तथा ऋण सहकारी संस्था धुलाबारी शाखा केन्द्रको आयोजनामा आज २ दिने च्याउ खेती सम्बन्धि तालिम सम्पन्न भएको छ ।
लघुवित्तमा आबद्ध महिला सदस्यहरुलाई उद्यमशिल तथा च्याउ खेतिमा व्यवसायिक रुपमा अत्मानिर्भर बनाउने उदेश्यले आयोजित सो तालिमको समापन कार्यक्रमको प्रमुख अतिथीमा साहारा नेपाल धुलाबारी सेवा केन्द्र प्रमुख अरुण श्रेष्ठ रहेका थिए । मेचीनगर ७ मा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी श्रेष्ठ, तालिम संयोजक भरत पोख्रेल लगायतले मन्तव्य राखेका थिए । हिजो देखी सञ्चालित तालिमको सहजीकरण गौरादह कृषि सेवा केन्द्र प्रमुख जयप्रसाद उप्रेतीले गरेका थिए ।
तालिममा ३५ जना महिला सदस्यहरुको सहभागिता रहेको थियो । लुम्बिनी सहारा महिला समुहका प्रमुख सुशिला भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत तथा सञ्चालन साहारा नेपाल धुलाबारी सेवा केन्द्रका कर्मचारी उमा लुईटेलले गरेकी थिईन ।