काकरभिटा । मेचीनगर लेडि जेसिजको वालवालिका क्षमता अभिबृद्धि कार्यक्रमको समापन भएको छ । “यी साना नानी आज टोलका लागि, भोलि देशका लागि” भन्ने श्लो
गनका साथ शुरु गरिएको ३ महिने बालवालिका सम्बन्धि शास्त्रीय संगीत, क्लासीक नृत्य, उद्घोषण तालिमको आज समापन भएको हो ।
तालिममा सहभागि वालवालिकाहरुलाई सिमाना एफ.एम. काँकरभिट्टामा कार्यक्रम सञ्चालन गर्न अवसर दिईने बताईएको छ । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको सभा हलमा सम्पन्न उक्त कार्यक्रममा कार्यक्रममा प्रमूख अतिथि झापा जिल्लाका स्थानिय विकास अधिकारी खेमराज ओझाले वालवालिकालाई यस्तै किसिमको व्यवसयिक सिपमुलक क्षमता अभिबृद्धि हुने किसिमको तालिमको आवश्यकता रहेको र लेडि जेसिजले उक्त समयको मागलाई पुरा गरेकोमा बधाई तथा वालवालिकाहरुलाई भविष्यको लागि शुभकामना दिएका थिए ।
मेचीनगर लेडि जेसिजकी कार्यकारिणी उपाध्यक्ष सिता गुरुङ्गको संयोजकत्व, अध्यक्ष उषा श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा कृष्ण उप्रेती, मेचीनगर लेडि जेसिजकी संस्थापक अध्यक्ष कविता शर्मा, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डि.एस.पी दुर्गाराज रेग्मी, सशस्त्रप्रहरीबल राजस्व तथा भन्सार सुरक्षा गुल्म काँकरभिट्टाका प्रहरी नायव उपरिक्षक बासुदेव लोहनी लागायतको उपस्थिती रहेको थियो ।